पूर्व गृहराज्यमन्त्री बानियाँद्धारा मकवानपुरको लोथर – काँकडा जोड्ने निर्माणाधिन सडकखण्डको निरिक्षण
पूर्व गृहराज्यमन्त्री एवं काँग्रेस ३ नम्बर प्रदेशका प्रमूख प्रतिपक्ष दलका नेता ईन्द्रबहादुर बानियाँले मकवानपुरको पश्चिमी क्षेत्रको मनहरी गाउँपालिका ६ लोथरबाट राक्सीराङ गाउँपालिकाको काँकडा जोड्ने निर्माणाधिन करिब ११ किलोमिटर सडकखण्डको निरिक्षण गर्नुभएको छ ।
नेता बानियाँद्वारा मनहरी ६ लोथरबाट फरीभाङ हुँदै काँकडासम्म जोड्ने ११ किलोमिटर सडकखण्डको विहिबार निरिक्षण गर्दै बानियाँले चाँडोभन्दा चाँडो सडक निर्माण गरी सहजरुपमा स्थानीयले सडकको उपभोग गर्न पाउन भन्दै चाँडै काम सक्न उपभोक्ता समितिलाई अनुरोध गर्नुभएको छ ।
आफूले निर्वाचनका बेला गरेको बाचा निर्वाचन पछि पूरा गर्न हरदम लागिपरेको भन्दै आफूले मेशिन काम नगरेसम्म निःशुल्करुपमा सडक निर्माण गर्न दिएको बताउनुभयो ।
मनहरी गाउँपालिकाको १० लाख, स्थानीयको जनश्रमदान ५ लाख र नेता बानियाँले काँकडासम्मको ११ किलोमिटर सडक सञ्जाल जोड्न करिब १० लाख रकमभन्दा बढीको मेशिन सहयोग उपलब्ध गराउनुभएको हो ।
काम गर्दै जाँदा जति समय लागेपनि काँकडासम्म सडक विस्तार नहुन्जेल स्काभेटर यहीँ राखेर जतिसक्दो राम्रो र फराकिलो सडक बनाउन चालकलाईसमेत निर्देशन दिनुभयो । बाँनियाँले चालकलाई भन्नुभयो–जति समय लागोस् मतलव छैन, रकम नपुग भए बरु थप्छु, तर जनतासंग गरेको बाचा पूरा गरेरै छाड्छु, त्यसैले स्थानीय जनतालाई चित्त बुझ्ने गरेर सडक बनाउँ ।