रमौली प्रतापुरलाई मकवानपुरकै नमूना पर्यटकीय क्षेत्र बनाउन विशेष पहल गर्नेछुः पूर्व गृहराज्यमन्त्री बानियाँ

छहारी संवाददाता
चैत्र २, २०७४

पूर्व गृहराज्यमन्त्री एवं काँग्रेस ३ नम्बर प्रदेशका प्रमूख प्रतिपक्ष दलका नेता ईन्द्रबहादुर बानियाँले मकवानपुरको पश्चिमी क्षेत्रमा रहेको रमौली प्रतापुरलाई मकवानपुरकै नमूना पर्यटकीय क्षेत्र बनाउन विशेष पहल गर्ने बताउनुभएको छ ।
मकवानपुर उद्योग वाणिज्य संघ पश्चिमी क्षेत्र समितिको छैठौ वार्षिक सभामा बिहिबार बोल्दै प्रमूख अतिथि नेता बानियाँले चितवनको सौराहमा जस्तै रमौली प्रतापपुरलाई पनि मकवानपुरकै नमूना पर्यटकीय क्षेत्र बनाउन आफू लागिपर्ने बताउँदै त्यसमा सम्पूर्ण निजी क्षेत्रका संघसस्थाहरु र स्थानीयको विशेष साथ तथा सहयोग चाहिने बताउनुभयो ।
साधारण सभामा प्रमूख प्रतिपक्ष दलका नेता बानियाँले सबैको सहयोग र समन्वयमा पश्चिमी क्षेत्रको मनहरिलाई व्यवसायिक केन्द्रकोरुपमासमेत विकास गर्नेसमेत आफ्नो लक्ष्य रहेको बताउनुभयो । मउवासंघ पश्चिमी क्षेत्र समितिका सभापति गोविन्दप्रसाद रिजालको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रमूख अतिथि बानियाँ, विशिष्ठ अतिथिहरु मनहरि गाउँपालिका अध्यक्ष एकराज उप्रेती, मउवासंघका केन्द्रीय सदस्यद्वय अरुणराज सुमार्गी र राजकुमार न्यौपाने, जिल्ला अध्यक्ष कृष्ण कटवाल, पश्चिमी क्षेत्रका बरिष्ठ उपाध्यक्ष नारायण सुवेदीले बोल्नुभएको थियो ।
कार्यक्रममा मनहरिमा सिसि क्यामेरा जडान गरी शान्ति सुरक्षा कायम गरेकोमा ईलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरिक्षक चित्र घले, मउवासंघ पश्चिमी क्षेत्रलाई भवन निर्माण गर्न जग्गा दिने दाताद्वय रामचन्द्र बर्तौला र नारायण सुवेदीलाई सम्मान गरिएको थियो ।

साधारणसभामा अतिथिहरु मउवासंघका महासचिव प्रमोदसिं रानाभाट, सचिव एवं प्रवक्ता काब्यमणी अधिकारी, बस्तुगत उपाध्यक्ष रामप्रसाद न्यौपाने, उद्योग सचिव सन्तोष अर्याल, महिला उद्यमी सभापति निलम बैद्य, सशस्त्र प्रहरीका होमबहादुर रिमाललगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*