ब्रिटेनले २३ जना रुसी कुटनीतिज्ञ निष्कासित गर्नुको कारण यस्तो थियो

छहारी संवाददाता
चैत्र १, २०७४

ब्रिटेनले २३ जना रुसी कुटनीतिज्ञलाई निष्कासित गरेको छ । अघोषित रुपमा गुप्तचरको काम गरेको भन्दै ब्रिटेनकी प्रधानमन्त्री थेरेसा मेले उनीहरुलाई निष्कासित गरेकी हुन् ।
निष्कासनमा परेका सबैलाई एक हप्ताभित्रमा देश छाड्न समय दिइएको छ । रुसले रासायानिक हतियारमाथिको प्रतिबन्ध उल्लंघन गरेको ब्रिटेनले आरोप लगाएको छ । उता रुसले भने आफूमाथि लागेको सबै आरोपको अस्वीकार गरेको छ ।
ब्रिटेनकी प्रधानमन्त्री मेले निष्कासन गरिएकाहरु वास्तबमै अघोषित जासूस रहेको दावी गरेकी छन् । साथै यसै वर्षको अन्तमा रुसमा हुने फिफा विश्वकप प्रतियोगितामा ब्रिटेनबाट शाही परिवारले हिस्सा नलिने पनि उनले बताइन् ।
यसैबीच ब्रिटेनले रुसी कुटनीतिज्ञहरुलाई निष्कासित गरेसँगै संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको आपतकालिन बैठक बोलाइएको छ ।
बैठकमा अमेरिकी राजदूत निकी हैलीलेसमेत ब्रिटेनको समर्थन गरिन् । यता रुसका राजनीतिज्ञ वेस्ली नेबेनजियाले भने ब्रिटेनले आरोपको उचित सबुत पेश गर्नुपर्ने माग राखेका छन् 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*