गुमेको पद फिर्ता ल्याउने आसमा राति प्रधानमन्त्री गुहार्न पुगेका प्रधानन्यायाधिश पराजुलीलाई ओलीको यस्तो सुझाव

छहारी संवाददाता
चैत्र १, २०७४

न्यायपरिषद् सचिवालयले पदबाट मुक्त भएको पत्र थमाएपछि रन्थनिएका प्रधानन्यायाधीश गोपाल पराजुली बुधबार राति प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगे ।
तर प्रधानमन्त्रीसंग आफ्नो समस्याको गाठो फुकाउने मन्त्र छ भने जस्तै गरी हतारिएर भेट्न गएका पराजुलीलाई केही हात लाग्न सकेन ।
पराजुलीको आफ्नो गुमेको पद फिर्ता ल्याउने आस निरासामा परिणत भएको छ । लामो छलफलपछि बाहिरिँदा उनको अनुहारमा कुनै चमक थिएन ।  प्रधानन्यायाधीश गोपाल पराजुली निस्कँदा निराश देखिन्थे ।
बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले न्याय परिषद्ले पदमुक्त भएको पत्र पठाइसकेकाले कामबाट अलग भर्इ घर बस्न सुझाव दिए । तर, पराजुलीले आफूमाथि अन्याय भएको भन्दै प्रधानमन्त्रीलार्इ मनाउन खोजेपछि प्रधानमन्त्री ओलीले न्यायालयले अमुक राजनीतिक पार्टीलार्इ खुसी पार्न विगतमा पराजुलीले गरेका गम्भीर त्रुटिको स्मरण गराएका थिए ।
आफू सधैँ स्वतन्त्र र निष्पक्ष न्यायालयको पक्षमा रहेको भन्दै प्रधानमन्त्रीले विवादित भइसकेपछि पुनः काममा फर्केर अर्को विवाद सिर्जना नगर्न सुझाब दिए ।
आफ्नो सुझाव लत्यार्इ थप सक्रियता देखाउन खोजे अप्ठेरो अवस्था पनि आउन सक्ने भन्दै प्रधानमन्त्रीले अब न्यायालयमा नफर्कन सुझाब दिएको स्रोतले बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*