डीपीएल क्रिकेट प्रतियोगितालाई आईसीसी मान्यता प्राप्त
चैत १७ गतेदेखि धनगढीमा हुने धनगढी प्रिमियर लिग डीपीएलले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीबाट मान्यता पाएको छ ।
आईसीसीका सिनियर क्रिकेट अपरेशन म्यानेजर क्लिभ हिटकोकले पत्र पठाएर डिपिएललाई आईसीसी मान्यता दिएको आयोजक धनगढी क्रिकेट एकेडेमीले जनाएको छ ।
आइसीसीको मान्यतासँगै प्रतियोगितामा सहभागी टोलीले कुनैपनि उच्चस्तरका विदेशी खेलाडीलाई टोलीसँग अनुबन्ध गर्न सहज भएको छ ।
प्रतियोगितामा काठमाडौं गोल्डेन्स, विराटनगर किंग्स, रुपेन्देही च्यालेन्जर्स, सिवाइसी अत्तरिया, महेन्द्रनगर युनाइटेड र टीम चौराह धनगढी भिड्नेछन् ।
सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको विजेताले २५ तथा उपविजेताले १० लाख रुपैया प्राप्त गर्नेछन् भने तेस्रो हुने टीमले तीन तथा चौथो हुने टोलीलाई दुई लाख दिइनेछ