प्रसिद्ध वैज्ञानिक स्टेफेन हकिङले संसार छाडे, उनको निधन बारे परिवार के भन्छन् !

छहारी संवाददाता
फाल्गुन ३०, २०७४

प्रसिद्ध वैज्ञानिक स्टेफेन हकिङको ७६ वर्षको उमेरमा निधन भएको छ ।
ब्लक होल र रिलेटिभिटिबारे गहिरो अध्ययन गरेका वैज्ञानीक हकिङको ७६ वर्षको उमेरमा निधन भएको छ । प्राध्यापक तथा भौतिक शास्त्री स्टेफन हकिङको सन् १९४२ जनवरी ८ मा इंग्ल्याण्डको अक्फोर्डमा हकिङको जन्म भएको थियो ।
उनको परिवारले विज्ञप्ति निकालेर हकिङको निधन भएको खुलासा गरेका हुन् ।
हकिङका छोरा छोरी लुसी रोबर्ट र टिमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बुवाको निधनप्रति हामी दुखी छौँ । उहाँ ठूलो वैज्ञानिक तथा अस्वभाविक व्यक्तित्व हुनुहुन्थ्यो । विज्ञानमा उहाँको योगदानलाई विश्वले सँधै सम्झिरहनेछ ।’
हकिङको परिवारले बुधबार बिहान जारी गरेको विज्ञप्तिमा क्याक्ब्रीजको आफ्नै घरमा उनको निधन गएको बताइएको छ । ब्याक होल र रिलेटिभिटी सिद्धान्तमा ठूलो योगदान गरेका हकिङले प्रध्यापनसँगै थुप्रै पुस्तकसमेत लेखेका छन् ।
हकिङले ग्राभिटेश्नल वेभ्स, क्वान्टम मेकानिक्स तथा जनर रिलेटिभीमा अनुसन्धान गरेका थिए । शास्त्रीय सिद्धान्तले ब्ल्याक होलमा रहेका उर्जा वा सूचनाहरु बाहिर आउन नसक्ने बताउँछन् तर क्वानटम फिजिक्सले भने यस्तो हुन सक्ने बताउँछ ।
उनले लेखेको पुस्तक अ ब्रिफ हिस्ट्री अफ टाइम विश्वकै वेष्ट सेलर पुस्तकमा गणना हुन्छ । मानव जातीले जिवित रहन पृथ्वी छोड्नैपर्नेमा जोड दिने गर्थे । उनले चन्द्रमा तथा मंगल ग्रहमा बस्ती बसाउने कुरा मानव जातीका लागि निकै महत्वपूर्ण भएको पनि बताएका थिए ।
हकिङ मोटर न्यूरोन डिजिजबाट ग्रसित थिए । स्वास्थ्य अवस्था राम्रो नभएपनि ब्ल्याक होलको अनुसन्धान गरेर उनी विश्वभर चर्चामा रहेका थिए । हकिङ २२ वर्षको  हुँदा डाक्टरले मोटर न्यूरोन डिजिजका कारण उनी केही समय मात्र बाच्न सक्ने बताएका थिए । उज्यालो अनलाइन

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*