चालकले कमान्ड फलो नगर्दा ठूलो मानवीय क्षति , अहिलेसम्म ४९ जनाको ज्यान गएको पुष्टि
सोमबार भएको विमान दुर्घटनामा चालकले कमान्ड फलो नगर्दा ठूलो मानवीय क्षति भएको छ । विमान दुर्घटनापछि यसबारे अनेक सूचना आए । यद्यपी विमानस्थलकै अधिकारीका अनुसार चालकले कमान्ड फलो गरेन् जसका कारण ठ्रलो मानवीय क्षति भयो ।
विमानस्थलको टावरले युएस बंगला जहाजलाई दक्षिणबाट अवतरण गर्न अनुमति दिएपनि पाइलटले उत्तरबाट जहाज ल्याएका अधिकारीको भनाई छ ।
६७ यात्रु र चालक दलका सदस्य सहित ७१ जना बोकेर आएको जहाज उत्तरबाट अवरण गर्न खोज्दा ठूलो दूर्घटनामा परेको विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्री जानकारी दिए । उत्तरबाट आएको जहाज पेप्सीकोलामाथि पाँच मिनेटसम्म घुमेको थियो ।
विमानस्थलमा महाप्रवन्धक क्षेत्रीका अनुसार पाइलटले टावरको निर्देशन नमान्दा जहाज ठूलो दुर्घटनामा परेको हो ।
टावरले दक्षिणबाट आउन पटक–पटक अनुरोध गर्दा पनि पाइलटले आइएम ओके भन्दै उत्तरबाट जहाजलार्इ अवतरण गराउन खोज्दा जहाज खाल्डोमा पसेको थियो । क्षेत्रीका अनुसार जहाजले बार समेत भाचेर खाल्डोमा परेको हो ।
सोमबार विमान दुर्घटनामा परेर ४९ जनाको ज्यान गएको पुष्टि
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको बंगलादेशी विमान दुर्घटनामा परेर अहिलेसम्म ४९ जनाको ज्यान गएको पुष्टि भएको छ ।
दुर्घटनामा परेको विमानमा ३३ नेपाली सहित ७१ जना सवार थिए ।
दुर्घटनास्थलबाट ४० जनाको शव निकालिएको नेपाल प्रहरीले जनाएको छ । ज्यान गुमाउने नेपाली २३ जना रहेको आशंका छ । तर सबैको नाम नखुलेका कारण यकिन हुन बाँकी छ । उद्धार गरिएका ३१ जनालाई अस्पताल लगेकोमा ८ जनाको काठमाडौं मेडिकल कलेज सिनामंगलमा ज्यान गएको थियो ।
काठमाडौं मेडिकल कलेजले मृत घोषणा गरेका नेपालीमा हरिशंकर पौडेल, प्रवीण चित्रकार, सजना देवकोटा रहेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा दामोदर पोखरेलले जानकारी दिनुभयो । अस्पतालले मृत घोषण गरेका अरु दुईको परिचय खुलेको छैन । अरु ३ जना विदेशी छन् ।