राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा महिला सहभागिता बढाउनुपर्नेमा उपराष्ट्रपति पुनको जोड

छहारी संवाददाता
फाल्गुन २४, २०७४

उपराष्ट्रपति नन्दबहादुर पुनले देशको राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा महिला सहभागिता बढाउन अन्तराष्ट्रिय महिला दिवसले सबैलाई घच्घच्याउने बताउनुभएको छ । अन्तराष्ट्रिय महिला दिवसको अवसरमा श्रम, रोजगार, महिला बालबालिका तथा सामाजिक सुरक्षा मन्त्रालयले काठमाडौंमा गरेको मूल समारोहमा उपराष्ट्रपति पुनले अझै पनि समाजमा महिलामाथि हुने विभेद अन्त्य भइनसकेको बताउनुभयो । महिला अधिकार पनि मानव अधिकार भित्रै पर्ने भएकाले मानव अधिकारको विश्वव्यापी मान्यताको कार्यान्वयनमा कहाँ चुकेका छौ खोजी गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उपराष्ट्रपति पुनले समानताको आन्दोलन र राजनीतिक सशक्तिकरणमा महिलाहरुले देखाउँदै आएको योगदान उल्लेखनीय रहेको समेत बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*