नाइजेरियामा भएको हिंसात्मक घटना , २४ जनाको मृत्यु

छहारी संवाददाता
फाल्गुन २४, २०७४

नाइजेरियाको उत्तर मध्य प्रदेश बेनौ राज्यमा पछिल्लो समयमा भएका हिंसात्मक घटनामा परी कम्तिमा २४ जनाको मृत्यु भएको छ ।पशुचौपायासम्बन्धी विवादका कारण गत सोमबारदेखि त्यस क्षेत्रमा हिंसात्मक घटना भएको अधिकारीहरुले जनाएका छन् ।हिंसामा परी सबैभन्दा बढी महिला र बालबालिका प्रभावित भएको राज्यका गभर्नर साम ओर्टोमले जानकारी दिएका छन् ।उनले त्यस घटनालाई अमानवीय घटनाको रूपमा व्याख्या गरेका छन् ।घटनालाई नियन्त्रणमा लिई दोषी पत्ता लगाउन र दोषीलाई कारबाही गर्न प्रहरीलाई निर्देशन दिइसकिएको उनले बताए ।दुई दिनसम्म भएको हिंसाका घटनामा मृत्यु हुनेमध्ये धेरै जसो विद्यालयका बालबालिका रहेको बताइएको छ ।नाइजेरियाका राष्ट्रपति मोहम्मद बुहारीले हिंसात्मक घटनालाई चाँडै नियन्त्रणमा लिने प्रतिबद्धता व्यक्त गरेका छन् । ९एजेन्सी०

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*