प्रदेशसभा नेपाली कांग्रेस संसदीय दलको विधान, २०७४’ पारित

छहारी संवाददाता
माघ २६, २०७४

नेपाली कांग्रेसले प्रदेशसभा नेपाली कांग्रेस संसदीय दलको विधान, २०७४’ पारित गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको पार्टीको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले प्रदेशसभा कांग्रेस संसदीय दलको विधान संशोधनसहित पारित गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।नेपालको संविधानअनुसार मुलुकमा पहिलोपटक प्रदेशसभाको निर्वाचन भएपछि प्रदेशमा संसदीय दल कार्यसमिति गठन गर्न उक्त विधान आवश्यक भएकाले तत्काल पारित गर्नुपरेको पार्टी कार्यालयले जनाएको छ ।प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा भएको बैठकमा पार्टीका शीर्ष नेतासहित केन्द्रीय सदस्य उपस्थित थिए । ९रासस०

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*