प्रदेश नम्बर ३ को एमाले संसदीय दलको नेतामा डोरमणि पौडेल विजयी ,मुख्यमन्त्री बन्ने पक्का

छहारी संवाददाता
माघ २६, २०७४

प्रदेश नम्बर ३ को एमाले संसदीय दलको नेतामा डोरमणि पौडेल विजयी हुनुभएको छ । संसदीय दलको नेता चयन गर्न भएको चुनावबाट ३४ मत ल्याएर पौडेल विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य २४ मत ल्याएर पराजित हुनुभयो ।संसदीय दलको नेतामा निर्वाचित भएसँगै डोरमणि प्रदेश ३ को मुख्यमन्त्री बन्ने पक्का भएको छ । मुख्यमन्त्रीको दाबी गर्दै आउनुभएकी शाक्यको मुख्यमन्त्री बन्ने बाटो बन्द भएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*