कांग्रेसले हारेको छैन र कहिल्यै हार्दैनः सभापति देउवा

छहारी संवाददाता
माघ १९, २०७४

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस पार्टी कहिल्यै नहार्ने बताएका छन् ।नेपाल पर्यटन व्यवसायी संघको भेलामा उनले कांग्रेस हारेको छैन र कहिल्यै हार्दैन यसका सिद्धान्त र आदर्श हार्दैनन् भने ।उनले भर्खरै सम्पन्न निर्वाचनमा पार्टीभन्दा उम्मेदवार चाहिं हारेको हो भन्दै यस सम्बन्धमा छिट्टै केन्द्रीय समितिमा छलफल गर्ने बताए ।सिद्धान्त र आदर्श राम्रो बोकेको पार्टीले निर्वाचनमा नराम्रो पराजय भोगेको स्वीकार्दै उनले पार्टीलाई अझ बलियो बनाई भविष्यमा कहिल्यै नहार्ने बनाउनुपर्ने धारणा व्यक्त गरे ।वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकलाई समृद्ध बनाउने सशक्त माध्यम पर्यटन क्षेत्र भएकाले यसको प्रवद्र्धनका लागि सक्रिय भूमिका खेल्नुपर्ने उल्लेख गरे ।कार्यक्रममा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत, पूर्वमन्त्री दीपक खड्कालगायतले कांग्रेसलाई बलियो बनाउन पर्यटन व्यवसायीको पहल सकारात्मक भएको उल्लेख गरे ।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*