भारतको पश्चिम बंगालमा एउटा बस नदीमा खस्दा ३६ जनाको मृत्यु
भारतको पश्चिम बंगालमा एउटा बस नदीमा खस्दा ३६ जनाको मृत्यु भएको छ ।पुलबाट नदी तर्ने क्रममा रेलिङमा ठोक्किएर बस नदीमा खसेको प्रहरी अधिकारीहरूले जानकारी दिएका छन् । माल्डा जिल्लाको करिमपुरबाट मुर्सिदावाद हुँदै नाडियातर्फ जाँदै गरेको बस पश्चिम बंगाल राज्यको राजधानी कोलकातादेखि २२० किलोमिटर टाढा पर्ने मुर्सिदावाद जिल्लाको दौलतवादमा दुर्घटना भएको हो ।बसमा ५० जना यात्रु सवार रहेको बताइएको छ । चालकले अर्को सवारी साधनसँग ठोक्किनबाट बचाउन अकस्मात मोड्दा नियन्त्रण गुमाएर बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।महिला र बालबालिका समेत गरी ३५ जनाको शव नदीबाट बाहिर निकालिएको छ भने अरु ६ जना पौडिएर बाहिर निस्केका थिए । घाइतेहरुलाई उपचारका लागि विभिन्न स्थानीय अस्पतालहरुमा भर्ना गरिएको छ । ९एजेन्सी०