प्रदेशसभा सदस्यहरुको शपथ आज हुँदै

छहारी संवाददाता
माघ ७, २०७४

प्रदेशसभा सदस्यहरुको शपथ आज हुँदै छ । सातै प्रदेशसभामा निर्वाचित सदस्यहरुले सम्बन्धित प्रदेशको अस्थायी सदरमुकाममा पद तथा गोपनियताको शपथ हुनेछ ।संविधान र प्रदेशसभा निर्वाचन ऐनअनुसार निर्वाचित ज्येष्ठ सदस्यलाई प्रदेश प्रमुखले र ज्येष्ठ सदस्यले अन्य सांसदलाई शपथ ग्रहण गराउने छन् ।सरकारले निर्वाचन सम्पन्न भएको डेढ महिनापछि प्रदेश प्रमुख नियुक्त गरेकाले निर्वाचन आयोगले प्रदेशसभाको अन्तिम नतिजा बुझाएको थियो ।आयोगले माघ २४ गते तोकिएको राष्ट्रिय सभा निर्वाचनको कार्यक्रम आजदेखि नै शुरु हुने भएकाले सबै प्रदेशसभा सदस्यको शपथ आजै सम्पन्न गर्नुपर्ने छ ।प्रदेशसभा सदस्य राष्ट्रिय सभा निर्वाचनको मतदाता रहेकाले प्रमुख नियुक्ति लगत्तै शपथ ग्रहणको कार्यक्रम राखिएको हो । आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि आजै मतदाता नामावली सार्वजनिक गर्नुपर्ने छ ।
प्रदेशसभा १ को शपथग्रहण कार्यक्रम विराटनगस्थित वीरेन्द्र सभागृहमा आज बिहान १० बजे हुँदै छ । प्रदेश नम्बर २ को प्रदेशसभा सदस्यहरुको शपथ जनकपुर उद्योग वाणिज्य संघको राजर्षिजनक सभागृहमा हुँदैछ ।
प्रदेश नम्बर ३ का सांसदहरुको शपथ मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडामा हुँदैछ । शपथका लागि बिहान १० बजेको कार्यक्रम तय गरिएको छ ।प्रदेश नम्बर ४ का सांसदहरुको शपथ पोखरास्थित प्रस्तावित प्रदेश प्रमुख कार्यालय र प्रस्तावित प्रदेश प्रदेशसभा भवन नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रमा गराउने कार्यक्रम तय भएको छ ।प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्यहरुको शपथ बुटवलस्थित बुटवल उद्योग वाणिज्य संघको हलमा बिहान ११ बजे गर्ने तयारी भएको छ ।प्रदेश नम्बर ६ का प्रदेशसभा सदस्यहरुको शपथ सुर्खेतस्थित जिल्ला समन्वय समितिको हलमा गराउने तयारी भएको छ ।प्रदेश नम्बर ७ का प्रदेशसभा सदस्यहरुको शपथ धनगढीस्थित जिल्ला विकास समितिको सभाकक्षमा हुँदै छ ।शपथका लागि अधिकांश प्रदेशसभा सदस्यहरु सम्बन्धित प्रदेशको सदरमुकाम पुगिसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*