अस्थायी राजधानी नतोकिकन प्रदेश प्रमुख मात्रै नियुक्त गर्ने सरकारको तयारी 

छहारी संवाददाता
पुस २२, २०७४

सरकारले अस्थायी राजधानी नतोकिकन प्रदेश प्रमुख मात्रै नियुक्त गर्ने तयारी गरेको छ । सोमबार बस्ने मन्त्रिपरिषद बैठकले सातवटै प्रदेशका प्रमुख नियुक्त गर्ने तर अस्थायी राजधानी भने नतोक्ने वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।अस्थायी राजधानीको विषयमा विवाद बढ्दै गएपछि सरकार पूर्व तयारीबाट पछि हटेको हो । संविधानअनुसार प्रदेशको राजधानी तोक्ने अधिकार प्रदेशसभालाई रहेकाले सरकारले यसबारे निर्णय नगर्ने मन्त्री विश्वकर्माले  जानकारी दिनुभयो । यसअघि सरकारले अस्थायी राजधानी तोक्ने तयारी गरेपनि बिभिन्न ठाउँमा आन्दोलन हुन थालेपछि सरकार पछि हटेको हो ।एमाले र माओवादीले पनि अस्थायी राजधानीबारे सुझाव नदिएपछि सरकारलाई अप्ठ्यारो परेको थियो । मन्त्री विश्वकर्माका अनुसार हाललाई सातवटै प्रदेश प्रमुखहरुको अस्थायी कार्यालय काठमाडौंमै राख्ने तयारी छ ।प्रदेशसभाका सांसदहरुले काठमाडौंमै शपथ ग्रहण गर्नेछन् । सांसदहरुले सपथ ग्रहण गरेपछि प्रदेशसभाको बैठक काठमाडौंमै बस्ने र प्रदेशसभाले नै राजधानी तोक्नेगरी सरकारले तयारी अघि बढाएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*