राष्ट्रियसभाको निर्वाचन आगामी माघ २४ गते गर्ने सरकारको निर्णय 

छहारी संवाददाता
पुस २२, २०७४

सरकारले राष्ट्रियसभाको निर्वाचन आगामी माघ २४ गते गर्ने निर्णय गरेको छ ।हिजो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले माघ २४ गते राष्ट्रियसभाको निर्वाचन गर्ने निर्णय गरेको हो ।तर, प्रदेशको अस्थायी राजधानी तोक्ने र प्रदेशप्रमुखको नियुक्तिको निर्णय भने हुन सकेन । सो विषयमा थप गृहकार्य गरेर मन्त्रिपरिषदको अर्को बैठकले टुंगो लगाउने जनाइएको छ ।प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता गरेलगतै मन्त्रिपरिषदको आकस्मिक बैठक डाकेर राष्ट्रियसभा निर्वाचनको मिति तोकिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*