इरानको विषयमा रुसद्वारा अमेरिकाको आलोचना

छहारी संवाददाता
पुस २२, २०७४

इरानमा जारी सरकार विरोधी प्रदर्शनका विषयमा संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्मा अमेरिकाले छलफल गर्न बाध्य पारेको भन्दै रुसले आलोचना गरेको छ ।कुनै देशको आन्तरिक मामिलामा संयुक्त राष्ट्र संघ जस्तो निकायले चासो दिँदा संयुक्त राष्ट्र संघको उच्च निकायको विश्वसनीयता र प्रभावकारिता गुम्ने भन्दै रुसले अमेरिकाको आलोचना गरेको हो ।संयुक्त राष्ट्र संघका लागि रुसी राजदूत वासिली नेबेन्जियाले इरानको प्रदर्शन आन्तरिक मामिला रहेको र सुरक्षा परिषद्ले हात हाल्नु आफ्नै विश्वसनीयता गुमाउनु रहेको बताए ।यसअघि संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलीले प्रदर्शनको समर्थन गर्दै ‘बहादुर’ नागरिकको शक्तिशाली प्रदर्शन भन्दै प्रशंसा गरेका थिए ।संयुक्त राष्ट्रसंघका लागि इरानी राजदूतले अमेरिकाले सुरक्षा परिषद्को स्थायी सदस्यका रुपमा आफूले पाएको अधिकारको दुरुपयोग गरेको बताए ।
इरानमा भइरहेको प्रदर्शनका बारेमा छलफल गर्न अमेरिकाले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को आकस्मिक बैठक बोलाएको हो ।
यसमा रुसले आलोचना गरेको हो । इरानमा गएको हप्ता मूल्य वृद्धि तथा खस्किँदै गएको जीवनस्तरको विरोधमा सुरु भएको प्रदर्शनले सरकार विरोधी प्रदर्शनको रुप लिएको छ ।
अमेरिकाले प्रदर्शनकारीको समर्थन तथा सरकारको विरोधमा आवाज उठाउँदै आएको छ । इरानमा भइरहेको प्रदर्शनको क्रममा अहिलेसम्म कम्तिमा २१ जनाको मृत्यु भएको छ । ९एजेन्सी०

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*