राज्यले मुल्यबृद्धिको बिरोधमा भएको प्रदर्शनमा गरेको दमनको जवाफ दिनु पर्छः अनेरास्ववियु
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले सरकारले गरेको मुल्यबृद्धिक खारेज गर्नु पर्ने माग गरेको छ ।
अनेरास्ववियुले बुधबार हेटौडामा विरोध प्रदर्शन गर्दै मुल्यबृद्धिको बिरोधमा गरिएको प्रदर्शनमा राज्यले गरेको दमनको जवाफ दिनु पर्ने तथा समानुपातिक नतिजा तत्काल सार्वजनिक गर्नुपर्ने माग गरेको हो ।
विहान मकवानपुर बहुमुखी क्याम्पसबाट निस्किएको बिरोध जुलुस हेटौँडाको विभिन्न भागको परिक्रमा गर्दै कोणसभामा परिणत भएको थियो ।
सरकारले इन्धनमा बढाएको मुल्य तत्काल फिर्ता हुनुपर्ने भन्दै हिजो अनेरास्ववियुले काठमाण्डौमा प्रर्दशन गर्दा अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष महेश बर्तौला घाईते हुनु भएको छ ।