लालपुर्जा दिलाइदिन जन प्रतिनिधिसंग बकैयाका नागरिकको माग
बकैया गाउँपालिका वडा नम्बर २ का नागरिकले प्रतिनिधि सभा सदस्य कृष्णप्रसाद दाहाल र प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामीसँग लालपुर्जा माग गरेका छन् । मंसीर २१ गते भएको निर्वाचनबाट निर्वा्चित प्रतिनिधिहरुको स्वागत तथा विजयसभामा उनीहरुले लालपूर्जा दिलाइदिन आग्रह गरेका हुन् ।
कार्यक्रममा प्रमुख अतिथि दाहालले आफूलाई लोकतन्त्रको हिमायती सम्झिने कांग्रेसले सत्ताको लोभ त्याग्न नसकेको आरोप लगाउनुभयो । सभालाई सम्बोधन गर्ने क्रममा विशेष अतिथि पुलामीले चुनाव अघि घोषणा गरेका विकास निर्माणका प्रतिबद्धताहरु पुरा गर्ने बचन बद्धता व्यक्त गर्नुभयो ।
एमाले नेता बुद्ध लामाको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्र मकवानपुरका सचिवालय सदस्यहरु कमान सिं पाख्रिन ९पृथक०, विवेक राई लगायतको आतिथ्यता रहेको थियो ।