नारायणी यातायात व्यवसायी संघ: अध्यक्षका प्रत्यासी हिरालाल श्रेष्ठको प्यानलद्धारा उमेद्वारी घोषणा
नारायणी यातायात व्यवसायी संघको आगामि कार्यकालको लागि हिरालाल श्रेष्ठले उमेद्वारी घोषणा गर्नु भएको छ । मंगलबार हेटौँडामा भएको पत्रकार सम्मेलनमा हेटौँडाका यातायात व्यापारी श्रेष्ठको प्यानलले नै उमेद्वारी घोषणा गरेको हो ।
श्रेष्ठको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा किरण कटुवाल, उपाध्यक्षमा विष्णु बिडारी, महासचिवमा सरोजकुमार खनाल, कोषाध्यक्षमा राजेश खड्गी, सचिवमा ठाकुरनाथ सुवेदी, देवनारायण लामिछाने, गुणराज घिमिरे र सुरज खड्गी तथा सह कोषाध्यक्षमा कपिलबहादुर बानियाको उमेद्वारी घोषणा गरेको हुन् ।
यस्तै यात्रुबहाक सदस्यमा डम्बरबहादुर गोपाली, ट्यांकर सदस्यमा केशव कुमार उप्रेती र सदस्यहरुमा पुरुषोत्तम पुडासैनी, विश्वराज राई, कुमार वर्तौला, भिमप्रसाद बास्तोला, विष्णुलाल श्रेष्ठ र इन्द्रबहादुर भ्लोनले उमेद्वारी घोषणा गरेका छन् ।
श्रेष्ठको प्यानलबाट क्षेत्रीय उपाध्यक्षका लागि चितवनबाट अशोक कुमार पोखरेल, क्षेत्रीय सहसचिवका लागि चितवनबाटै विष्णुप्रसाद पंगेनी, क्षेत्रीय यात्रुबहाक सदस्यका लाति चितवनबाटै कमल शाह, क्षेत्रीय उपाध्यक्ष विरगंजबाट विनोदकुमार मानन्धर, क्षेत्रीय सदस्य विरगंजका लागि सोमबहादुर पोखरेल, क्षेत्रीय उपाध्यक्ष काठमाडौँका लागि श्रीकृष्ण खनाल र क्षेत्रीय सदस्य काठमाडौँका लागि पुरुषोत्तम रिजालको नाम घोषणा गरिएको छ ।
अध्यक्षका लागि हेटौँडा वडा नम्बर ११ का अध्यक्ष समेत रहनु भएका गोकर्ण पराजुलीले सोमबार नै प्यानल सहित उमेद्वारी घोषणा गरिसक्नु भएको छ ।