म उ वा संघको नयाँ कार्यसमितिद्धारा पद तथा गोपनियताको सपथ ग्रहण

छहारी संवाददाता
पुस १९, २०७४

मकवानपुर उद्योग वाणिज्य संघको नयाँ कार्यसमितिले मंगलबार पद तथा गोपनियताको सपथ ग्रहण गरेको छ ।
निर्बाचन अधिकृत इश्वरराज ढकालले नयाँ कार्यसमितिलाई प्रमाणपत्र बितरण गर्दै पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको हो ।

सपथ ग्रहण कार्यक्रममा  नब निर्बाचित अध्यक्ष कृष्ण कटुवालले आफुले निर्वाचका क्रममा व्यवसायी माझ राखेका प्रतिबद्धता पुरा गर्ने अठोट गर्नुभयो ।
अध्यक्ष पदका अर्का उमेद्वार महेन्द्र राउतलाई १ सय ८८ मत अन्तरले पराजित गर्दै कटुवाल विजयी हुनु भएको हो । कटुवालले १ हजार २६ मत प्राप्त गर्नु भयो भने राउतले ८ सय ३८ मत प्राप्त गर्नु भएको थियो ।
२ हजार ३ सय ५६ मतदाता रहे पनि जम्मा १ हजार ९ सय ५६ जनाले मात्र मतदान गरेका थिए । जसमा १ सय ३२ मत बदर भएको थियो ।
यसैगरी वाणिज्य उपाध्यक्षमा कृष्ण गुप्ता अग्रवाल विजयी हुन भयो भने उद्योग उपाध्यक्षमा माधव न्यौपाने र एशोसिएट उपाध्यक्षमा गणेश प्रसाद भेटवाल निर्वाचित हुनुभयो ।

बस्तुगत उपाध्यक्षमा भने रामप्रसाद न्यौपाने निर्वाचन अघि नै निर्विरोध हुनु भएको थियो ।
यसैगरी सदस्यहरुमा उद्योग तर्फ रुपकराज दाहाल, सन्तोष अर्याल, प्रमोद सिंह रानाभाट, प्रतिमा श्रेष्ठ, नरेन्द्र भण्डारी, वाणिज्य तर्फ, रवि शर्मा कडेंल, काव्यमणी अधिकारी, कृष्ण ढ्ङ्गाना, कुल प्रसाद चौंलागाई, माधव ज्ञवाली, अनिल अग्रवाल, दिवस पराजुली, निलम बैध ९निर्विरोध०, राधिका पाण्डे९निर्विरोध०, कृष्णहरी बर्तौला ९निर्विरोध० निर्बाचित हुनुभएको छ ।
यस्तै बस्तुगत तर्फ, सुनिल अधिकारी र राजुु अधिकारी निर्बाचित हुनुभयो ।  एशोसिएट तर्फ, दिपक उप्रेती, शान्तिराम धिमाल, विष्णु गोपाल मर्हजन, विष्णु खनाल र राजाराम कार्की निर्बाचित हुनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*