यौन हिंसा र दुव्र्यवहारविरुद्ध हलिउडका महिलाहरूद्धारा  सामूहिक अभियान सुरु

छहारी संवाददाता
पुस १८, २०७४

अमेरिकी चलचित्र उद्योग र अरु क्षेत्रमा हुने गरेको यौनजन्य हिंसा तथा दुव्र्यवहार विरुद्ध लड्न तथा समस्यामा परेकाहरुलाई सहयोग गर्न हलिउडका महिलाले अभियान सुरु गरेका छन् ।तीन सय भन्दा बढी हलिवुड अभिनेत्री, लेखिका तथा निर्देशकले यौनजन्य हिंसा विरुद्ध लड्न टाइम्स अप’ अभियान सुरु गरेका हुन् ।न्युर्योक टाइम्स पत्रिकामा विज्ञापन प्रकाशित गरेर हलिउडका महिलाले यो अभियान सुरु गरेका हुन् ।
मनोरञ्जन उद्योगका महिलाबाट सुरु भएको परिवर्तनको लहर अरु क्षेत्रमा काम गर्ने महिलालाई पनि एकीकृत गर्ने उद्देश्यले यो अभियान सुरु गरिएको हो ।
सन् २०१७ मा हलिवुड चलचित्र निर्माता हार्वी वाइन्स्टिनमाथि विभिन्न अभिनेत्रीहरुले यौनदुव्र्यवहारको आरोप लगाएपछि यौनहिंसा विरुद्ध बोल्ने बाहिर आउने क्रम सुरु भएको छ ।त्यसको परिणाम स्वरुप अहिले हलिउड मात्रै नभएर टेलिभिजन तथा खेलकुद क्षेत्रका महिला पनि यौनहिंसा विरुद्ध बोल्न थालेका छन् ।नाटाली पोर्टम्यान, रीसे विदरस्पुन, केट ब्लान्चेट, इभा लङ्गोरिया, एम्मा स्टोनसहितका अभिनेत्रीको साथ रहेको टाइम्स अप’ अभियानले यौनहिंसामा परेका सबै क्षेत्रका महिलालाई सहयोग गर्ने उद्देश्य लिएको छ ।अभियानले डेढ करोड डलरको कोष बनाउने लक्ष्य राखेको छ । अहिलेसम्म १ करोड ३० लाख डलर संकलन भइसकेको छ । यौनहिंसामा परेकाहरुको कानुनी उपचारमा सहयोग गर्ने अभियानले जनाएको छ ।९एजेन्सी०

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*