प्रधानमन्त्री देउवाद्धारा सहरी विकास मन्त्री दिलनाथ गिरीलाई पदबाट बर्खास्त

छहारी संवाददाता
पुस १७, २०७४

प्रधानमन्त्री शेरबहादुर देउवाले सहरी विकास मन्त्री दिलनाथ गिरीलाई पदबाट बर्खास्त गर्नुभएको छ । उपप्रधानमन्त्री कमल थापासंग मन्त्रिपरिषद् बैठकमा सचिव सरुवाका विषयमा विवाद भएपछि थापाकै आग्रहमा प्रधानमन्त्रीले मन्त्री गिरीलाई बर्खास्त गर्नुभएको हो ।
राप्रपा अध्यक्षसमेत रहेका थापाले गिरीलाई हटाउन गएको शुक्रबार नै प्रधानमन्त्रीलाई पत्र बुझाउनुभएको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार गिरीले समाल्दै आएको सहरी विकास मन्त्रालयको जिम्मेवारी थापाकै आग्रहमा उहाँलाई नै दिइएको छ ।
यता, गिरीले आर्थिक अनियमितताको चलखेलका लागि थापाले आफूलाई हटाउन सिफारिस गरेको आरोप लगाउनुभएको छ । सहरी विकास मन्त्रालयमा सम्बन्धित क्षेत्रको विज्ञको रुपमा रहेका व्यक्तिलाई ल्याउन खोज्दा थापाले आफूलाई हटाएको गिरीले बताउनुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*