मुम्बई हमलाका प्रमुखसंग देखिएपछि प्यालेस्टाइनी राजदूत पाकिस्तानबाट फिर्ता
मुम्बई हमलाका ‘मास्टर माइन्ड’ मानिएका जमात उद दावाका प्रमुख हाफिज सईदसंग एउटै मञ्चमा देखिएपछी पाकिस्तानका लागि प्यालेस्टाइनी राजदूत पाकिस्तानबाट फिर्ता बोलाइएको छ ।जेरुसलमलाई इजरायली राजधानीको मान्यता दिने अमेरिकी फैसलाबिरुद्ध पाकिस्तानको रावलपिण्डीमा आयोजित र्यालीलाई सम्बोधन गर्ने क्रममा हाफिज सईदसँगै प्यालेस्टाइनी राजदूत वलीद अबु अली पनि देखिएपछि फिर्ता बोलाईएको हो ।भारतीय बिदेशमन्त्री सुष्मा स्वराजले मुम्बई हमलाका मास्टर माइन्डसँग प्यालेस्टाइनी राजदूतको साँठगाँठ रहेको भन्दै आपत्ती जनाएपछी प्यालेस्टायनले यो कदम चालेको हो ।भारतले हाफिज सईदको योजनाअनुसार सन् २००८ मा मुम्बई हमला भएको दाबी गर्दै आएको छ । यद्यपि, पाकिस्तानले भने भारतीय भनाई अस्वीकार गर्दै आएको छ । ९एजेन्सी०