गुरूङ समुदायले शनिवार तमू ल्होछार धुमधामका साथ मनाए
नेपालका गुरूङ समुदायले शनिवार तमू ल्होछार धुमधामका साथ मनाएका छन् । गुरूङ समुदायले हरेक वर्ष पुस १५ मा तमू ल्होछार नया वर्षका रुपमा बनाउने गर्दछन् ।
गुरुङको चाडपर्वमध्ये सबैभन्दा बढी महत्वपूर्ण मानिने यस सांस्कृतिक पर्वलाई तीन भागमा हेरिन्छ । पहिलो ल्हो (वर्ग) र छार (नयाँ) भन्ने बुझिन्छ । साल फेरिने नयाँ वर्षको शुभारम्भका रुपमा लिइ एकै ठाउँमा भेला भई सांस्कृतिक रीतिरिवाजलाई संरक्षण गर्ने उद्देश्यले विभिन्न कार्यक्रमहरु गर्दै रमाइलो गर्ने चलन रहेको छ ।
यसैबिच बाराको जितपुर सिमरा वडा नम्बर २१ का स्थानिय गुरुङ समुदायले तमू लहोछार धुमधामका साथ मनाएका छन् । उनीहरुले विभिन्न बाजागाजा सहित संस्कृतिक झल्कने भेषभुषामा र्याली निकालेर नगरको परिक्रमा गर्नुका साथै सांस्कृतिक कार्यक्रमको आयोजना गरेका थिए ।
तमू गुठी समाजका अध्यक्ष कुल बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा जंगल वायर फेयर शिक्षालय अमलेखगंजकामहा सेनानी नवराज गुरुङको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा वडा अध्यक्ष कृष्ण बहादुर ठकुरी, तमू क्लबका अध्यक्ष नरेश गुरुङ, खानेपानी तथा सरसफाइ प्रमुख नारायण लामिछाने, समाजसेवी अक्कल बहादुर कार्की, इलाका प्रहरी कार्यालयका प्रमुख उदय बहादुर केसी, सशस्त्र प्रहरी प्रमुख विष्णु दनुवार, तमू क्लबका सल्लाहकार भरत बहादुर घले, तमू स्यों जिल्ला अध्यक्ष गिता घले लगायतको उपस्थिति रहेको थियो ।