म उ वा संघको ५१ औं बार्षिक साधारणसभाले नयाँ नेतृत्व चयन गर्दै , उमेद्वारी दर्ताको समय आइतबार बिहान ८ देखि ११ सम्म
मकवानपुर उद्योग वाणिज्य संघको ५१ औं बार्षिक साधारणसभामा उमेद्वारी दर्ताको समय आइतबार बिहान ८ बजे देखि ११ सम्म तोकिएको छ । शनिवारदेखि हेटौँडामा जारी साधारणसभाले नयाँ नेतृत्व चयन गर्नेछ ।
नयाँ नेतृत्वका लागि वर्तमान बरिष्ठ उपाध्यक्ष कृष्ण कटुवाल र महासचिव महेन्द्र राउत आ–आफ्नो प्यानल सहित चुनावी मैदानमा उत्रिनु भएको छ ।
कटुवाल प्यानलबाट वाणिज्य उपाध्यक्षमा दिपक शर्मा ढकाल, उद्योग उपाध्यक्षमा माधव न्यौपाले, एसोसियट उपाध्यक्षमा गणेश प्रसाद भेटवाल, बस्तुगत उपाध्यक्षमा राम प्रसाद न्यौपानेले उमेद्वारी घोेषणा गर्नुभएको छ भने वाणिज्य सदस्यहरुमा अनिल अग्रवाल, काव्यमणि अधिकारी, रवि कंडेल शर्मा, माधव ज्ञवाली, कुल प्रसाद चौलागाई, अनिल भक्र श्रेष्ठ, रामेश्वर दासको उमेद्वारी घोषणा भएको छ ।
यस्तै उद्योग सदस्यहरुमा प्रमोद सिं रानाभाट, सन्तोष अर्याल, छतेन्द्र आचार्य, रुपकराज दाहाल तथा एसोसियट सदस्यहरुमा विष्णु खनाल, विष्णु गोपाल महर्जन, राजाराम कार्की, दिपक उप्रेति र आरक्षित महिला सदस्यमा निलम वैद्य, राधिका सामरी र रेणु ज्ञवालीको उमेद्वारी घोषणा भएको छ ।
राउत प्यानलबाट वाणिज्य उपाध्यक्षमा कृष्ण अग्रवाल, उद्योग उपाध्यक्षमा रविन्द्र घिमिरे, एसोसियट उपाध्यक्षमा उज्जवल चौलागाईको उमेद्वारी घोषणा भएको छ । वाणिज्य सदस्यहरुमा पवन कुमार अग्रवाल, राजेन्द्र लामिछाने, कृष्ण प्रसाद ढुंगाना, दिवस पराजुली, मनोज जालान, जावेद हुसेन, दिलिश गोविन्द जोशि, उद्योग सदस्यहरुमा राजु नेपाल, नरेन्द्र भण्डारी, गंगा प्रसाद पौडेल, निप्पु सर्राफ, एसोसियट सदस्यहरुमा उपेन्द्र सुबेदी, अरुण कुमार दाहाल, बबिन लिगल, यम बहादुर सिलवाल, आरक्षित महिला सदस्यमा प्रतिमा श्रेष्ठको उमेद्वारी घोषणा भएको छ ।
प्यानलमा विभाजित उम्मेदवारहरु व्यवसायी माझ भोट माग्न व्यस्त छन् । नयाँ कार्यसमितिको कार्यकाल ३ बर्षको हुने संघले जनाएको छ । २ हजार ३ सय २८ व्यवसायी मतदाताले मतदान गर्नेछन् ।