आर्थिक समृद्धीका लागि सरकारसंग मिलेर काम गर्न तयार छौंः भवानी राणा

छहारी संवाददाता
पुस १६, २०७४

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले आर्थिक समृद्धीका लागि सरकारसंग मिलेर काम गर्न तयार रहेको बताउनुभएको छ ।
मकवानपुर उद्योग वाणिज्य संघको ५१ औँ वार्षिक साधरणसभाको शनिवार हेटौडामा उद्घाटन गर्दै राणाले उद्योग स्थापनका लागि सरकारसंग मिलेर काम गर्दै युवाहरुलाई रोजगारी दिलाउन लागि तयार रहेको बताउनुभयो । अध्यक्ष राणाले नेपाल नयाँ युगमा प्रवेश गरेको भन्दै अब नयाँ नेपालमा हुने आर्थिक समृद्धिको नेतृत्व लिन उद्योगी ब्यवसायी तयार हुनुपर्नेमा जोड दिनुभयो ।  
अझै पनि उद्योगि, व्यवसायीहरु करको दोहोरो मारमा परिरहेको बताउँदै उहाँले प्रादेशीक संरचनामा भने आफुहरुलाई मारमा नपार्न आग्रहसमेत गर्नुभयो ।
अध्यक्ष राणाले मकवानपुरको विकासको मुल प्रवाह निर्माणधिन फास्टट्र्याक तथा निजगढ विमानस्थल रहेको भन्दै मकवानपुर पर्यटन विकासको निकै संभावना भएको जिल्ला रहेको पनि बताउनुभयो ।
कार्यक्रममा मकवानपुर क्षेत्र नम्बर १ का सांसद कृष्णप्रसाद दाहालले औद्योगिक वातावरण तयार पार्न आफुहरु तयार रहेको बताउदै अब आर्थिक समृद्धीसंगै युवाहरुलाई रोजगारी सृजना गरिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा मकवानपुर प्रतिनिधिसभा क्षेत्रनंमबर २ का सांसद बिरोध खतिवडाले दामनपालुङ क्षेत्रलाई पर्यटकिय क्षेत्रको रुपमा बिकाश गर्दै लैजानुपर्ने बताउनुभयो ।
कार्यक्रममा उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष चण्डीराज ढकाल नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्षहरु चन्द्र प्रसाद ढकाल, उमेशराज श्रेष्ठ, महलिा उद्यमी विकास समतिकिा केन्द्रिय सभापति कमला श्रेष्ठ, एमाले मकवानपुरकी अध्यक्ष मुनु सिग्देल, नारायणी यातायात ब्याबसायी संघ हेटौडाका अध्यक्ष बद्रीप्रसाद चौलागाई, म उ वा संघका साधारण सदस्य एमबहादुर सिलवाल लगाएतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
मकवानपुर उद्योग बाणिज्यसंघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा उद्योग बाणिज्यसंघका सचिब उज्वल चौलागाईले कार्यक्रमको संचालन गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*