मनहरी गाउँपालिकाको लोथर खोलामा बातावरणीय प्रभाब मुल्याङकन अनुगमन
जिल्ला समन्वय समिति मकवानपुरले मनहरी गाउँपालिकाको लोथर खोलामा बातावरणीय प्रभाब मुल्याङकन अनुगमन गरेको छ ।
चितवन र मकवानपुरको सिमानामा पर्ने लोथर खोलाको पहिलेको बर्ष आईई गरेको क्षेत्रको शुक्रबार अनुगमन गरिएको हो ।
लोथर खोलामा आईई गरेको क्षेत्रमा चिन्ह लगाउने तथा बोर्ड राख्ने काम गरिएको छ । खोला उत्खनन् गर्दा आईई गरेको क्षेत्रमा मात्र होस भनेर अनुगमन गरी चिन्ह लगाइएको जिल्ला समन्वय समिति मकवानपुरका स्थानिय बिकास अधिकारी नारायण प्रसाद मैनालीले बताउनुभयो ।
मैनालीको नेतृत्वमा प्राविधिक सहितको टोलीले लोथर खोलाको अनुगमन गरेको हो । जिल्ला समन्वय समिति चितवनले भने लोथर खोलामा आईई गरी दुई साता अघि बाटै उत्खनन् सुरु गरिएको छ ।