१७ बर्ष देखि फरार अभियुक्त कालाखेती कारागारा चलान
लागूऔषध मुद्धामा १७ बर्ष अघिदेखि फरार रहेका एक अभियुक्त आज कारागारा चलान भएका छन् । लागू औषध मुद्दामा कैद सजाय तोकिएका मकवानपुर मनहरी गाउँपालिका वडानंम्बर ८ बस्ने रामचन्द्र कालाखेतीलाई प्रहरीले पक्राउ गरी आज अदालतमा पेश गरेको थियो ।
मकवानपुर जिल्ला अदालतको २०५७ जेठ ३२ गतेको फैसला तथा पुनरावेदन अदालत हेटौडाको २०५८ चैत २५ गतेको फैसलालले उनलाई दोषी ठहर गरेको थियो ।
कालाखेतीलाई सजाय भुक्तानको लागी भिमफेदी कारागार पठाईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक दिलीपराज झाले बताउनुभयो । उनलाई २ वर्ष ६ महिना कैद र २५ हजार रुपैयाँ जरिवाना तोकिएको छ ।