नारायणी यातायात व्यवसायी संघ हेटौडाको आगामी कार्यकालका लागि बर्तमान अध्यक्षको नेतृत्वमा प्यानल घोषणा

छहारी संवाददाता
पुस १४, २०७४

नारायणी यातायात व्यवसायी संघ हेटौडाको आगामी कार्यकालका लागि बर्तमान अध्यक्ष बद्रीप्रसाद चौलागाईको नेतृत्वमा प्यानल घोषणा गरिएको छ । यही पुस २६ र २७ गते हुने ३१ औं साधारण सभा तथा १५ औ अबिधेशनबाट नया कार्यसमिति भयन हुनेछ ।

चौलागाई पक्षले बिहिवार हेटौडामा पत्रकार सम्मेलन गर्दै अध्यक्ष सहितको प्यानल घोषणा गरेको हो, जसको बरिष्ठ उपाध्यक्षमा किरण कटुवाल, उपाध्यक्षमा बिष्णु बिडारी, महासचिबमा सरोज खनाल, कोषाध्यक्षमा राजेश खड्गी, सह कोषाध्यक्षमा कपिलबहादुर बाँनियाले उमेदवारी घोषणा गर्नुभएको छ ।

यस्तै , सचिबमा ठाकुरनाथ सुबेदी, अर्का सचिबमा देबनारायण लामिछाने, यात्रुबाहक तर्फ सचिबमा गुणराज घिमीरे, मालबाहक तर्फको सचिबमा शुरेश खड्गी, यात्रुबाहक सदस्यमा डम्बर गोपाली, चितवन उपाध्यक्षमा असोक कुमार पोख्रेल, चितवन सह सचिवमा विष्णु प्रसाद पंगेनी, बिरगन्ज उपाध्यक्षमा बिनोद कुमार मानन्धर र काठमाण्डौ उपाध्यक्षमा श्रीकृष्ण खनालको उमेदवारी घोषणा भएको छ । संघको आगामी निर्वाचनमा ३८ सय ७६ मतदातादाले मत दिनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*