मामाघर नेपालको सहयोगार्थ यही पुष १७ देखि २५ गतेसम्म महायज्ञ हुने
सडक बालकहरुको संरक्षण गर्दै आएको मामाघर नेपालको सहयोगार्थ हेटौंडा ७ न्यूरेनी चिसापानी चोकमा श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञ हुने भएको छ ।
श्रीमद्भागवत १०८ सप्ताह ज्ञान महायज्ञ मुल समारोह समितिको आयोजना यही पुष १७ गतेदेखि २५ गतेसम्म महायज्ञ हुने बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै महायज्ञ व्यवस्थापक लबराज अधिकारीले धार्मिक, शैक्षिक एवम् सामाजिक क्षेत्रमा योगदान पु¥याउँदै आएका तथा जीर्ण मन्दिरको सहयोगको लागि आर्थिक सहयोग जुटाउन महायज्ञ सञ्चालन गर्दै आएको बताउनुभयो ।
एक बर्षबाट सुरु भएको महायज्ञ अभियानको १५ औं स्थानको रुपमा मामाघर नेपालको नबनिर्मित भवन निर्माण सहयोगार्थ हेटौंडा ७ चिसापानी चोकमा महायज्ञ गर्न लागिएको बताउनुभयो । हालसम्म मकवानपुर लगाएत देशका अन्य विभिन्न १४ स्थानमा शैक्षिक भवन निर्माण, मन्दिर निमाृण एवम् जीर्णेद्धार गर्ने उद्धेश्यले महायज्ञ सम्पन्न भएको उहाँले जानकारी दिनुभयो ।
अनुमानित ६ लाखको खर्च आउने महायज्ञमा २० लाख रुपैंयाको नगद तथा जीन्स िसंकलन गर्ने लक्ष्य राखिएको महायज्ञ व्यवस्थापक अधिकारीले बताउनुभयो ।
महायज्ञमा भएको खर्च कटाएर बाँकी रहेको सम्पूर्ण रकम मामाघर नेपालको भवन निर्माण सहयोगार्थ प्रदान गरिने बताउनुभयो । २५ गतेसम्म हुने महायज्ञमा प्रमुख बाचक बालव्यास पण्डित मनिषशरण खनाल र उपवाचक पण्डित बिनोद सापकोटाले संगीतमय कथा वाचन गर्नुहुने बताइएको छ । महायज्ञको उद्घाटन पुष १७ गते कार्यक्रम स्थलबाट शोभा कलश यात्रा सहित त्रिवेणीधाम परिक्रमा गरी कार्यक्रम स्थलमा आई कलश स्थापना गरिने आयोजकले जनाएको छ ।