राष्ट्रियसभा गठन सम्बन्धि विधेयक राष्ट्रपति कार्यालयमा अड्किँदा सत्ता हस्तान्तरणमा ढिलाईः देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभा गठन सम्बन्धि विधेयक राष्ट्रपति कार्यालयमा अड्किँदा सत्ता हस्तान्तरण हुन नसकिरहेको बताउनुभएको छ । चितवनको सौराहामा हात्ती महोत्सव उद्घाटन गर्दै उहाँले सत्ता हस्तान्तरण गर्न आफू आतुर रहेको बताउनुभयो ।
पार्टीलाई घाटा हुन्छ भन्ने थाहा भएर पनि देशलाई निकास दिन कांग्रेसको नेतृत्वको सरकारले सफलतापूर्वक चुनाव सम्पन्न गरी संविधानको पूर्णरुपमा कार्यान्वयन गर्न सफल भएको देउवाले दाबी गर्नुभयो ।