महेन्द्र राउतद्धारा पत्रकारीता पुरस्कार स्थापनाका लागी पत्रकार महासंघ मकवानपुरलाई एकलाख रुपैँया प्रदान
मकवानपुर उद्योग वाणिज्य संघका बर्तमान महासचिव एवं अध्यक्षका प्रत्यासी उम्मेदवार महेन्द्र राउतले पत्रकारीता पुरस्कार स्थापनाका लागी नेपाल पत्रकार महासंघ मकवानपुरलाई एकलाख रुपैँया प्रदान गर्नु भएको छ ।
राउतले आफना हजुरबुबा मानबहादुर राउत र हजुरआमा पार्वती राउतको स्मृतिमा पत्रकारीता पुरस्कार स्थापनाका लागी उक्त रकम प्रदान गर्नु भएको हो । उहाँले सोमबार आयोजना गरिएको मकवानपुर उद्योग वाणिज्य संघको उम्मेदवारी घोषणा कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुँमागाईलाई एकलाख रुपैयाको चेक हस्तान्तरण गर्नुभएको हो ।
रकम हस्तान्तरण गर्दै राउतले आफ्ना हजुरबुवा र हजुरआमाको स्मृतिमा पत्रकारीता पुरस्कार स्थापना गर्ने कार्यलाई महासंघले स्विकार गरेकोमा खुशि व्यक्त गर्नुभयो । पुरस्कार स्थापनाका लागी प्राप्त रकमबाट आउने व्याजबाट महासंघको अधिवेशनका समयमा जिल्लाका एकजना क्रियाशिल पत्रकारलाई पुरस्कृत गरिने छ ।