मउबा संघको आसन्न निर्वाचनका लागि महेन्द्र राउत नेतृत्वको प्यानलद्धारा उमेद्धवारी घोषणा

जीत सुनिश्चित भईसकेको अध्यक्षका उमेद्धवार राउतको दाबी
छहारी संवाददाता
पुस ११, २०७४

मकवानपुर उद्योग बाणिज्य संघको आसन्न निर्वाचनका लागि महेन्द्र राउत नेतृत्वको प्यानलले उमेद्धवारी घोषणा गरेको  छ ।
हेटौडाको पल्पसा हलमा आज कार्यक्रमको आयोजना गरी महेन्द्र राउतको नेतृत्वमा उपाध्यक्ष र सदस्यहरुको उमेद्धवारी घोषणा गरीएको हो । जसको उपाध्यक्षमा एशोसिएट तर्फ उपाध्यक्षमा उज्वल चौलागाई, बाणिज्य तर्फ कृष्ण कुमार गुप्ता अग्रवाल, उद्योग तर्फको उपाध्यक्षमा रबिन्द्र प्रसाद घिमिरे रहनु भएको छ ।  
बाणिज्य तर्फ सदस्यहरुमा राजेन्द्र लामिछाने, पबन कुमार अग्रवाल, मनोज जालन, कृष्ण प्रसाद ढुड्डगाना, दिबस पराजुली, जाबेद हुसेन र दिलिस गोबिन्द जोसी रहनु भएको छ भने एसोसिएट तर्फ सदस्यहरुमा प्रलाद चौलागाई र एम बहादुर शिलवाल रहनु भएको छ । उद्योग तर्फ सदस्यहरुमा राजु नेपाल, नरेन्द्र भण्डारी, गंगाा प्रसाद पौडेल, निप्पु सर्राफ र प्रतिमा श्रेष्ठ रहनु भएको छ भने बस्तुगत तर्फ सदस्यहरुमा राजु अधिकारी र तेजराज अधिकारी रहनु भएको छ ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य कृष्ण प्रसाद दहाल,  संघका पुर्ब अध्यक्षहरु दिपक श्रेष्ठ, जीबन काजी माकजु बर्तमान अध्यक्ष  राजकुमार न्यौपाने,समाज सेबी माईकल रामचन्द्र अर्याल, श्रीधर पोखरेल, प्रलाद लामिछाने उद्योग संघका अध्यक्ष नबराज अर्याल लगायतकाले उमेद्धवारहरुलाई शुभकामना दिनु भएको थियो ।
कार्यक्रममा बोल्दै मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेले उद्योगी ब्यवसायीको हितको लागि महेन्द्र राउतको नेतृत्वको विकल्प नरहेको भन्दै  जीत सुनिश्चित भईसकेको दाबी गर्नुभयो ।
अध्यक्षका उमेद्धवार महेन्द्र राउतले  दिनरात नभनी उद्योगी ब्यवसायीको हितमा लागि पर्ने भन्दै आपु नेतृत्वको टीमलाई विजयी गराउन आग्रह गर्नुभयो ।
कार्यक्रममा अध्यक्षका उम्मेद्वार राउतले आफुहरु गफ गर्ने भन्दा काम गर्नेको समुह भएको बताउनु भएको छ । गएको तीन वर्षको कार्यकालमा मकवानपुर उद्योग वाणिज्य संघमा उद्योगी र ब्यवसायीको बिचमा निकै कामहरु भएका, उद्योगी ब्यवसायीहरुको समस्यामा आफुहरु दिनरात लागेको स्मरण गर्न समेत उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा उपाध्यक्षका उमेद्धवार उज्वल चौलागाई, कृष्ण कुमार गुप्ता अग्रवाल , रबिन्द्र घिमिरे लगायतकाले मन्तब्य ब्यतm गर्नु भएको थियो  ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*