देशमा समृद्धी र शुसाशन कायम गर्न जनप्रतिनिधिको महत्वपुर्ण भुमिका रहनुपर्छः हरिभक्त शर्मा
नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले देशमा समृद्धी र शुसाशन कायम गर्न नवनिर्वाचित जनप्रतिनिधिहरुको महत्वपुर्ण भुमिका रहने बताउनु भएको छ ।
उद्योग संघ मकवानपुरको १६ औ बार्षिक साधारणसभाका अबसरमा आयोजित कार्यक्रममा उहाँले नेपाललाई मागी खाने होइन गरी खाने देश बनाउन जनप्रतिनिधिहरुलाइ आग्रह समेत गर्नुभयो । सरकारले अनावश्यक कानुन लगाएर धेरै उद्योगिहरुलाई समस्यामा पारेको उहाँको आरोप थियो ।
कार्यक्रममा मकवानपुर प्रतिनिधि सभा क्षेत्रनंम्बर २ का सांसद बिरोध खतिवडाले अब बन्ने सरकार उद्योगिहरुसंग सहकार्य गर्दै अघि बढ्न तयार रहेको बताउनुभयो । मुलुकमा अब आर्थिक गतिबिधी बढाउनु पर्ने उहाँको भनाई छ । उद्योग धन्दाको विकास भए मात्र मुलुकमा आर्थिक समृद्धी हासिल हुने उहाँले बताउनुभयो ।
कार्यक्रमका सहिभागि उद्योगि, ब्याबसायीहरुले मुलुकको समृद्धीका लागि उद्योगहरुको ठुलो भुमिका रहेको बताएका छन् ।
कार्यक्रममा उद्योग संघ मकवानपुरका अध्यक्ष नबराज अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरका निबर्तमान सांसद अनन्त पौडेल, मकवानपुर प्रतिनिधि सभा १ अन्तरगत प्रदेश सभा ख का सदस्य डोरमणी पौडेल, प्रतिनिधि सभा २ अन्तरगत प्रदेश सभा क का सदस्य कुमारी मोक्तान, नेकपा एमाले मकवानपुरका अध्यक्ष मुनु सिग्देल, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्यहरु राजकुमार न्यौपाने, अरुणराज सुमार्गी, हेटौडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमीटेडका अध्यक्ष नेपाल भुषण बैद्य, उद्योगसंघ मकवानपुरका पुर्ब अध्यक्ष माधब अधिकारी, नेपाल टे«डयुनियन काग्रेशका जिल्ला अध्यक्ष कुमार पौडेल लगायतकाले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा मकवानपुर प्रतिनिधि सभा १ का सांसद कृष्ण प्रसाद दाहाल, मकवानपुर प्रतिनिधि सभा १ अन्तरगत प्रदेश सभा क का सदस्य प्रेमबहादु पुलामी, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा लगायतकाको सहभागिता रहेको थियो ।