वरिष्ठ न्युरोसर्जन डा. देवकोटाको स्वास्थ्यलाभको कामना गर्दै पशुपति मन्दिरमा दीप प्रज्ज्वलन
वरिष्ठ न्युरोसर्जन डा.उपेन्द्र देवकोटाको स्वास्थ्यलाभको कामना गर्दै आइतबार पशुपति मन्दिरमा दीप प्रज्ज्वलन गरिएको छ ।
वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. भोला रिजाल र उहाकी श्रीमती सरला रिजालको अग्रसरतामा आइतबार दिउँसो पशुपति मन्दिर परिसरमा दीप प्रज्ज्वलन गरिएको हो ।
एसियाकै बरिष्ठ न्युरो चिकित्सक देवकोटा अस्वस्थ भएको खबरले चिन्तित बनाएको भन्दै डा. रिजालले उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै दीप प्रज्ज्वलन गरिएको बताउनुभयो ।
‘उहाँको स्वास्थ्य अवस्था गम्भीर छ भन्ने बुझिएको छ, के भएको भन्ने आधिकारिक जानकारी भने आइसकेको छैन, तर हामी उहाँलाई चाँडै पूर्ण स्वास्थ्यलाभ होस् भन्ने कामना गरौँ’ डा. रिजालले भन्नुभयो ।
नेपालका उत्कृष्ट न्युरो सर्जनका रुपमा परिचित ६३ वर्षीय देवकोटालाई जटिल रोग लागेको र उहाँको बेलायतस्थित किग्ङस कलेज अस्पतालमा उपचार भइरहेको बताइएको छ । रासस