सिप बिकासका तालिम स्थानीय तहबाटै सञ्चालन हुने
घरेलु तथा साना उद्योग कार्यालय हेटौंडाले गर्दै आएको नियमित सिप बिकासका तालिमहरु यस वर्षदेखि स्थानीय तहबाटै सञ्चालन हुने भएको छ ।
सरकारी निकायले गर्दै आएका बिकासका कार्यक्रमहरु स्थानीय तहमा समायोजन हुने क्रममा उद्यमशीलता सम्बन्धी तालिम पनि जिल्लाका १० वटै स्थानीय तहबाट हुने भएको हो । यस वर्षका लागि कार्यालयले इन्द्रसरोबर, राक्सिराङ, मकवानपुर गढी, मनहरी, बकैया, बाग्मती र कैलाश गाँउपालिकामा प्रत्येकलाई ४ लाख २० हजारको दरले बजेट छ्ट्याइएको उद्योग शाखा अधिकृत चन्दन कुमार अमात्यले बताउनुभयो ।
ति गाँउपालिकामा ४० जनालाइ तालिम दिइने उहाँले बताउनुभयो ।
यसैगरि हेटौंडा उपमहानगरपालिका तथा थाहा नगरपालिकामा भने ७ लाख ७० हजारका दरले बजेट बिनियोजन गरिएको छ । ति नगर क्षेत्रमा भने ६० जनालाई तालिम प्रदान गर्नेगरि कार्यक्रम छुट्याइएको हो । यसैगरि भिमफेदी गाँउपालिकामा भने ५० जनालाई तालिम दिनेगरि ६ लाख ७० हजार रुपैया बिनियोजन गरिएको पनि उहाँले जानकारी दिनुभयो ।
नियमित सिप बिकासका कायृक्रमहरुमा उद्यमशीलता सम्बन्धी सचेतना, दलित समुदायमुखी भगत सर्वजित तालिम,र उद्योग प्रबद्र्धनका कार्यक्रमहरु रहेका कार्यालयले जनाएको छ