वर्तमान गतिरोध फुकाउन प्रधानमन्त्री देउवालाई राष्ट्रपति भण्डारीको आग्रह

छहारी संवाददाता
पुस ८, २०७४

राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान गतिरोध अन्त्य गर्न नेपाली कांग्रेससँग आग्रह गर्नु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासंग आज भएको भेटवार्तामा नेपालको संविधान, ऐन–कानुन र लोकतान्त्रिक मूल्य–मान्यतालाई आत्मसाथ गर्दै गतिरोध अन्त्य गर्न आग्रह गर्नु भएको हो ।
शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटवार्तामा वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौला लगायत कांग्रेसका शीर्ष नेताहरुको सहभागिता रहेको थियो ।
उहाँहरुबीच राष्ट्रियसभा गठन सम्बन्धी अध्यादेश लगायत मुलुकको समसामयिक विषयमा समेत छलफल भएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*