पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न प्रधानमन्त्री देउवाद्धारा सर्वदलीय बैठक आह्वान
प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ । प्रधानमन्त्री देउवाले पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न बैठक बोलाउनु भएको छ
छलफलका लागि नयाँ संसदमा राष्ट्रिय दलको मान्यता पाएका पाँचदलका शीर्ष नेताहरुलाई बालुवाटार बोलाइएको छ ।
बैठक बिहान ११ बजेपछी सुरु हुने प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिनुभयो । बैठकमा चुनाव पछिको राजनीतिक अवस्थाका साथै राष्ट्रियसभाको गठनबारे देखिएको अन्यौल लगायत विषयमा समेत छलफल हुने परियारले बताउनुभयो ।