नेकपा एमालेको स्थायी कमिटीको बैठक आज बस्दै

नयाँ सरकार गठन तथा माओवादीसँगको पार्टी एकतालगायत विषयमा छलफल हुने
छहारी संवाददाता
पुस ७, २०७४

नेकपा एमाले र माओवादी केन्द्रले पार्टी एकता तथा भावी सरकारको स्वरुपबारे आन्तरिक तयारी थालेका छन् । नयाँ सरकार गठन तथा माओवादीसँगको पार्टी एकतालगायत विषयमा छलफल गर्न नेकपा एमालेको स्थायी कमिटीको बैठक आज बस्दैछ ।
बैठक दिउँसो १ बजे पार्टी उपाध्यक्ष वामदेव गौतमको निवास भैँसेपाटीमा बस्ने एमाले पार्टी कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो । बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा वाम गठबन्धनले बहुमत हासिल गरेपछि चुनावी समीक्षा, नयाँ सरकारको नेतृत्व, माओवादी केन्द्रसँगको एकता, राष्ट्रियसभा गठनलगायत विषयमा छलफल हुने एमालेका सचिव प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभएको छ ।
यस्तै एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक पनि छिटै बस्ने दुवै दलका नेताहरुले जानकारी दिएका छन् । दुई दलको आन्तरिक छलफलपछि संयोजन समितिको बैठक बोलाउने तयारी छ । चुनावमा तालमेल गरेका दुई दलका नेताहरुले नयाँ सरकार गठन र पार्टी एकता सँगसँगै गर्ने बताउँदै आएका छन् । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*