अभिनेत्री जल शाहकी आमा साहित्यकार प्रेमा शाहको ७२ वर्षको उमेरमा निधन

छहारी संवाददाता
पुस ६, २०७४

साहित्यकार प्रेमा शाहको ७२ वर्षको उमेरमा निधन
साहित्यकार प्रेमा शाहको ७२ वर्षको उमेरमा निधन भएको छ । नेपाली साहित्यमा यौनका विषयमा लेखिएको कथा पहेँलो गुलाफ’ बाट निकै चर्चित हुनुभएकी कथाकार तथा उपन्यासकार शाहको बिहीबार बिहान अमेरिकामा निधन भएको हो ।कथाकार शाह केही वर्षदेखि अमेरिकामा बस्दै आउनुभएको थियो । २००२ साल मंसिर २५ गते वीरगञ्जको श्रीपुरमा जन्मनु भएकी शाहको साल्ट सिटीमा रहेको इन्टर माउन्टेन हस्पिटलमा उपचारको क्रममा निधन भएको हो । कथाकार शाहका पहेँलो गुलाफ ९२०२३०, विषयान्तर ९२०२८०, मन्टुको बजैको कथाको पेटारो ९बालकथा संग्रह, २०३८० सहितका कथा संग्रह प्रकाशित छन् ।
यस्तै उहाँ नेपालमा पहिलो पटक १० जना मिलेर लेखिएको संयुक्त उपन्यास ‘आकाश विभाजित छ’ को लेखक मध्ये एक हुनुहुन्छ । उहाँले उपन्यास मम्मी २०४० सालमा प्रकाशित भएको थियो ।
उहाँले २०४५ सालमा मैनाली कथा पुरस्कार तथा २०५९ मा मैना कथा पुरस्कार पाउनुभएको छ । नेपाली कथा तथा बालसाहित्यमा विशेष योगदान गर्नुभएकी शाह अभिनेत्री जल शाहकी आमा हुनुहुन्छ ।उज्यालो अनलाइन

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*