साहित्यकार प्रेमा शाहको ७२ वर्षको उमेरमा निधन
साहित्यकार प्रेमा शाहको ७२ वर्षको उमेरमा निधन भएको छ । नेपाली साहित्यमा यौनका विषयमा लेखिएको कथा ‘पहेँलो गुलाफ’ बाट निकै चर्चित हुनुभएकी कथाकार तथा उपन्यासकार शाहको बिहीबार बिहान अमेरिकामा निधन भएको हो ।
कथाकार शाह केही वर्षदेखि अमेरिकामा बस्दै आउनुभएको थियो । २००२ साल मंसिर २५ गते वीरगञ्जको श्रीपुरमा जन्मनु भएकी शाहको साल्ट सिटीमा रहेको इन्टर माउन्टेन हस्पिटलमा उपचारको क्रममा निधन भएको हो । कथाकार शाहका पहेँलो गुलाफ ९२०२३०, विषयान्तर ९२०२८०, मन्टुको बजैको कथाको पेटारो ९बालकथा संग्रह, २०३८० सहितका कथा संग्रह प्रकाशित छन् ।
यस्तै उहाँ नेपालमा पहिलो पटक १० जना मिलेर लेखिएको संयुक्त उपन्यास ‘आकाश विभाजित छ’ को लेखक मध्ये एक हुनुहुन्छ । उहाँले उपन्यास मम्मी २०४० सालमा प्रकाशित भएको थियो ।
उहाँले २०४५ सालमा मैनाली कथा पुरस्कार तथा २०५९ मा मैना कथा पुरस्कार पाउनुभएको छ । नेपाली कथा तथा बालसाहित्यमा विशेष योगदान गर्नुभएकी शाह अभिनेत्री जल शाहकी आमा हुनुहुन्छ ।