देशैभर चिसो बढ्यो, बिशेषगरि तराइ क्षेत्र प्रभावित, नेपाली सेनाद्धारा दाउरा र चिया वितरण सुरु
केहिदिन देखि देशैभर बढेको चिसोका कारण जनजिवन प्रभावित भएको छ । शुक्रबारदेखि बढेको चिसो तथा शीतलहरले बिशेषगरि तराइ क्षेत्र प्रभावित छ । चिसो स्याँठ, रबाक्लो कुहिरोले सडकमा चहलपहल समेत घटेको छ ।
मौषम पुर्वानुमान महाशाखाका अनुसार ३ किलोमिटर प्रति घंण्टाको दरले चलेको पश्चिमी स्याँठले जनजीवन थप अस्तव्यस्त पारेको छ । अस्पताल तथा स्वास्थ्यकेन्द्रहरुमा निमोनिया, दम, कोल्ड डाईरिया भएका बिरामीको चाप बढ्न थालेको छ ।
चिसोको असर चौपाया र हिउँदे बालीमा समेत परेको छ । यता नेपाली सेनाले भने मंगलबारदेखि जलेश्वरका चोकचोकमा दाउरा र चिया वितरण सुरु गरेको छ ।