राष्ट्रिय स्वाधीनता र स्वाभिमान रक्षाको निमित्त युबा पुस्ता चनाखो रहनुपर्छ ः थापा

५१ जना राप्रपा प्रबेश
छहारी संवाददाता
मंसिर ३, २०७४

मकवानपुर÷ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एबं उपप्रधानमन्त्री कमल थापाले मुलुकको स्वाधिनता र स्वाभिमानको निमित्त युबाहरु निरन्तर चनाखो हुनुपर्ने बताउनुभएको छ । चुनाबी प्रचार अभियानको क्रममा आज हेटौंडा (१६ मा आयोजित चुनाबी सभा एबं पार्टी प्रबेश कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री थापाले सबल , समुन्नत र स्वाधिन नेपाल निर्माणमा युबा पुस्ताको महत्वपूर्ण भुमिका रहनुपर्नेमा जोड दिनुभयो । मकवानपुर प्रतिनिधी सभा १ का उमेद्धार समेत रहुनभएका थापाले युबा पुस्तामा रहेको उर्लदो देशभक्तिको भावनाको उच्च प्रसंशा गर्दै मुलुकको स्वाधिनता र स्वाभिमानको निमित्त युबाहरु निरन्तर चनाखो हुनुपर्ने बताउनुभएको छ । बिदेशी भुमी कतार र मलेशियामा रहेका लाखौ युबाहरुको रगत पसिना आफ्नै मातृभुमिमा प्रयोग गर्न सके नयाँ नेपाल निर्माणको सपना पूरा गर्न सघाउ पुग्ने उहाको भनाई थियो । राजनितीक वाद र सिद्धांन्तमा बिभाजित नेपाली समाज अब आर्थिक समृद्धिको एजेन्डाबाट एकै ठाउमा जोडिनु आबश्यक रहेको बिचार ब्यक्त गर्दै थापाले निर्बाचनको माध्यमबाट लोकतान्त्रिक पद्धति र प्रणालीको बिकास हुने बिश्वास ब्यक्त गरे ।सो अबसरमा नेकपा एमाले परित्याग गरि राप्रपा प्रबेश गर्ने ब्यक्तिहरुलाई पार्टी सदस्या प्रदान गरि स्वागत गरे । नेकपा एमालेका अर्जुन थापा, लोकेन्द्र थापा र बरुण थापाको नेतृत्वमा ५१ जना राप्रपा प्रबेश गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*