जिल्लाको विकास गरेर राजनीतिबाट रिटायड हुन्छुः कमल थापा
आसन्न प्रतिनिधीसभा निर्वाचन मकवानपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधीसभा सदस्यका उम्मेदवार राप्रपा अध्यक्ष एंव उपप्रधानमन्त्री कमल थापाले एकपटक मकवानपुरबासीको जनमत लिइ जिल्लाको विकास गरेर राजनीतिबाट रिटायर्ड हुन चाहेको बताउनु भएको छ ।
लोकतान्त्रिक गठबन्धनको हेटौंडा–४ मा घरदैलो पछि भएको कोणसभालाई सम्बोधन गर्ने क्रममा भावुक हुँदै थापाले यस्तो बताउनु भएको हो । उहाँले आफुले ५ दशकको राजनितिक यात्रामा कहिले पनि भ्रष्टाचार र कुनै गलत काम नगरेको दाबी समेत गर्नुभयो ।
लोकतन्त्र माथिको सम्भावित आक्रमण रोक्न लोकतान्त्रिक गठबन्धन भएको भन्दै थापाले लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले जिते मकवानपुरमा विकासको मुल फुटने बताउनुभयो । लोकतान्त्रिक गठबन्धनमा रहेका उम्मेदवारहरु प्रधानमन्त्री सम्म बन्ने हैषियतका भएको मकवानपुरमा लोकतान्त्रिक गठबन्धनले जित्नु अत्यावश्यक रहेको उहाँको भनाइ थियो ।
यस्तै प्रदेशसभा सदस्यको लागि मकवानप’र क्षेत्र नम्बर १ ख का उम्मेदवार अशोक शाक्यले शाक्यले वाम गठबन्धन लोकतन्त्रको हत्या गर्न लागि परेको भन्दै एमाले नेता माधव नेपाल र माओवादी केन्द्रका नेता राम कार्की उत्तर कोरियाको भ्रमण गरेर आए लगत्तै नेपालमा वाम गठबन्धन बनेको आरोप लगाउनु भयो । उहाँले उम्मेदवार शाक्यले मकवानपुरमा विकासको नाममा सिन्को नभाँचेको बाम गठबन्धनले अहिले मैले यो गरेँ मलाई भोट देउ भन्ने नैतिकता नरहेको समेत जिकिर गर्नुभयो ।
कोणसभा वडा नम्बर ४ का प्रचारप्रसार समिति संयोजक हरि पौडेलको अध्यक्षतामा भएको थियो । कार्यक्रममा लोकतान्त्रिक गठबन्धनका नेता कार्यकर्र्ताहरुको उपस्थिती रहेको थियो ।