आज शिवालयहरुमा मृतकको सद्गतिका लागि दीपदान गरिँदै, भोली सत्वीज छरेर बाला चतुर्दशी पर्व मनाईदै

छहारी संवाददाता
मंसिर १, २०७४

आज मार्ग कृष्ण पक्षको त्रयोदशी तिथि । परिवारका मृतक सदस्यको सद्गतिको सङ्कल्पसहित दीपदान गरिँदैछ ।

हिन्दु धर्मावलम्बीहरुले आज नजिकैको शिवालयमा गइ रातभर जाग्राम बसेर पितृको नाममा सङ्कल्प दीप बाल्ने चलन रहेको छ ।

साथै भोली बिहान चतुर्दशीका दिन सत्वीज छरी बाला चतुर्दशी पर्व मनाइँन्छ । यसरी दीपदान गर्नाले मृतकले सद्गति प्राप्त गर्ने धार्मिक विश्वास रहिआएको छ ।

यही विश्वासमा पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । चतुर्दशीका दिन बिहानै शिवालयमा सत्वीज छरेमा जन्मने र मर्ने प्रपञ्चबाट मुक्त भइने धार्मिक बिश्वास गरिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*