मंसिर २१ अर्थात मकवानपुरको भविश्य निर्धारण हुने दिन ।

छहारी संवाददाता
कार्तिक २६, २०७४

जिवराज बख्रेल÷हेटौडा
मंसिर २१ अर्थात मकवानपुरको भविश्य निर्धारण हुने दिन । किनकी मकवानपुरेले आफ्नो र जिल्लाको भाग्य अनि भबिस्यको फैसला गर्न जिम्मेवारी पुनः पाउदै छन् मंसिर २१ गते । मतदाताको सानो गल्तीले बिकास बिरोधी तस्कर !दलालहरुको हातमा यसको जिम्मेवारी जाने निश्चित छ।   बाहिर जतिसुकै चिल्ला रास्ट्रवादको भाषण गरेपनी भित्र भित्रै तस्कर गुन्डा ,हत्यारा लाई संरक्षण दियर राख्ने अनि जनता लाई कहिले पनि न्याय र बिकास को अनुभूति हुन नदिने गम्भीर सडय्त्र रच्ने काम पनि अहिले सुरुवात हुने छ।  दसकौँ देखि जनता लाई अध्यारो मा बस्न बाध्य पार्ने विभिन्न तस्कर हरुको सन्जाल मकवापनुरमा कमि छैन । भ्रम छरेर स्वार्थ पुरा गर्ने  नौटङ्की कलाकार हरु देखि अब जनता सजक हुनैपर्छ !! यो सुनौलो मौकामा कसैको हललहैमा हैन यथार्थ र परिबर्तनको बास्तबिकता नियाल्दै आफ्नो अमुल्य मत राख्नुपर्छ यो अबसर बाट नै मकवानपुरेको  भबिस्य तय हुनेछ ।  हामी र हाम्रो समाज हिजो भन्दा पक्कै धेरै शिक्षित बनी सकेका छ ।सहि गलत असल खराव नेतृत्व र पार्टी लाई चुन्न हामी आफै सक्ने भयका छौ अब । हुनत साच्चै भन्ने हो भने अहिले सच्चा राट्रवादीले जतिसुकै राम्रो काम गरेपनी प्रचार राम्रो हुदैन बरु उल्टै मण्डले,अवसरवादी,प्रतिगामी जस्ता बिल्ला भिराएर गाउँ घरका सोझा साझा जनतालाइ भ्रम छरिन्छ । जनताले बास्तविकता के हो अब बुझ्नु पर्छ  । अहिले हुन लागेको निर्वाचन सामान्य निर्वाचन हैन । स्थानित तहको निर्वाचन सम्पन्न भइसकेको छ ।  हो आज हजारौं भ्रम लाई चिर्दै अनि लाखाँै ठक्कर खायर भय पनि मकवानपुरमा विकासको लहर ल्याउन राप्रपा र पार्टी अध्यक्ष कमल थापाले आफ्नो गृह जिल्लाको विकासको लागि  ठुलो भुमिका खेल्नु भएको छ। यो कटु सत्य लुकायर लुक्दैन । न त अनेकै भ्रम बाट टालिन्छ अब । बर्षाै देखी कम्युनिस्ट किल्ला बनायौँ भनेर गर्भ गर्नै हरुले मकवानपुरको विकासको लागि के गरे ? यो प्रश्न अव अन्तर आत्मा लाई सोध्नु पर्ने बेला आएको छ । आफुले जिताएका हरुले नगरपालिकालाई पार्टी कार्यकर्ताको भर्ती केन्द्र, सहकारीलाई प्रचार संगठन र गैर सहकारी संस्थालाई पाटी बैंक बनाउन बाहेक केहि नसकेको यथास्र्थ हो । केन्द्र स्तरमा पुगेर कुन योजना पारीयो?कसले पार्याे ?यो खोज्न जरुरी छ। मकवापुरको विकासको अहिले सम्मको अवस्था हुर्ने हो भने कमल थापालाई यसको श्रेय जान्छ । आफ्नो किल्ला भनेर माटो समाएर बसेका हरुले गर्न नसकेको विकास कमल थापाको पहलमा भएको छ। पछिल्लो समय एमाले किल्ला भत्काउदै विजय हुनुभएका काग्रेस नेता इन्द्र वानियाँ सांसद सगै राज्य मन्त्री बन्नु भयो । पदमा रहदा र नरहदा पनि उहाले गरेको  विकास प्रेमले पनि मकवानपुरमा अव लोकतान्त्रीक गठबन्धनको आवस्यकताको महत्व पुर्ण आधार बनेको छ।   यसलाइ सबै मकवानपुरेले अन्तरआत्मा बाट मुल्यांकन गर्नैपर्छ अब । त्यसोत मकवानपुरमा आफुलाई ठुला मान्ने हरुले अरुले गरेका राम्रा कामलाई असफल बनाउन धेरै सड्यन्त्र हरु पनि नअपनायका हैनन । राप्रपा अध्यक्ष कमल थापा हाल उपप्रधानमन्त्री हुनुहुन्छ । मकवानपुर बाट प्रतिनिधित्व गरेर केन्द्रमा राम्रो पहुच भएका नेताको नाममा १ नंम्वरमा कमल थापाको आउछ। यहि सरकाले सबै सात प्रदेशको प्रशासनिक संरचना तात्कालिन ५ वटा विकास क्षेत्रमा रहेका क्षेत्रीय कार्यालयलाई प्रशासनिक कामको लागि प्रदेशको केन्द्र तोक्यो । अस्थाई रुपमा तोकिएको प्रदेश केन्द्रलाई स्थाई बनाउन राम्रै पहुँच आवस्यक छ। जुन बाम गठबन्धन बाट संम्भब नहुने यथार्थ छ। मकवानपुरे मतदाताको भोट लिदै विजयी भएका एमालेले मकवानपुरलाई १ पटक पनि केन्द्रमा स्थान नदिनुले मकवानपुरका एमाले नेताको राजनैतिक हैसियत प्रस्ट्याएको छ। सामजिक सञ्जालमा गठबन्दन्को विरोध गरेर भोट तान्ने प्रयत्न बाहेक फेरि पनि केहि गर्न नसक्ने यथार्थ छ। तर मकवानपुर लाई भने बाम गठबन्धनको जित ठुलो क्षेती हुने छ। जिल्लामा रहेका कार्यलय गाँउपालिका जाने र क्षेत्रीय कार्यालय पनि प्रदेश केन्द्रमा रहने भएकाले यसको सुनिश्चितताको लागि लोकतान्त्रीक गठबन्दन् आवस्यक देखिन्छ।  हेटौडा अस्पताल, चक्रपथ निर्माण ,एअरपोर्ट निर्माण जस्ता महत्वपुर्ण योजनाले मकवानपुरको अस्तित्व रहन्छ । यदि आवस्यक भन्दा उल्टो भयो भने प्रदशीक कामको  लागि धुलिखेल,ललितपुर वा अन्य कुनै ठाउ जनुपर्ने बाध्यतामा आफैले आफैलाई सरापेर बस्न्ु बाहेक कुनै विकल्प रहने छैन मतदातामा ।अब परम्परागत राजनीतिलाई धान्ने नाममा पÞmेरि तिनै खराब नियतका लाई  हैन काम गरेर जनता लाई सरकारको प्रत्याभूति दिलाउन सक्ने नेतृत्व र पार्टी हामीले रोज्नुपर्छ । नबुझ्ने लाई बुझाउ अब नसुन्ने लाई सुनाउ ,र महत्त्वाकांक्षी बिकासे योजना सडकका गल्लि गल्लिमा कार्यक्रम गरेर  माइक बाट चिच्याउदैमा पुरा हुदैन भन्ने कुरा जनतालाइ भन्नै पर्छ । बिकास गर्न त योजना चाहिन्छ, निति चाहिन्छ, मेहेनत चाहिन्छ ,काम प्रतिको लगाब र रास्ट्रप्रतिको माया चाहिन्छ ।त्यसैले हामी अब कसैको चिल्ला मिठा भासण र भ्रामिक प्रचार लाई भन्दा यथार्थ र बास्तबिकता लाई रोज्न लाग्नुपर्छ ।असल नेतृत्व र पार्टीले हार्दा सिङ्गो देसले पनि हार्छ ।जनता लाई सचेत गराउ अब हिजो कस्तो अबस्थामा थियौ हामी र आज के कति बिकास का कामकारबाही भयका छन खुल्ला आखाले हेरेर सफा मन र मस्तिष्कले सोचेर निर्णय गरौ ताकि हाम्रो एक निर्णयले मकवानपुर पुन अन्धकार नबनोस पुन तिनै तस्करी र दलाल हरुको हालीमुहाली नचलोस ।

लेखक मिडिया नेपाल मकवापुरका अध्यक्ष हुन। यो उनको निजी विचार हो । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*