पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टको पशुपति आर्यघाटमा अन्त्येष्टि
पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
विष्टको पार्थिव शरीरमा श्रद्धाञ्जलि दिन पूर्वप्रधानमन्त्रीद्वय लोकेन्द्रबहादुर चन्द र माधवकुमार नेपाल तथा राप्राका अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापालगायत विभिन्न दलका नेता सहभागी हुनुहुनथ्यो ।
लामो समयदेखि पेटको अर्बुद रोगबाट अस्वस्थ ९० वर्षका विष्टको ज्ञानेश्वरस्थित आफ्नै निवासमा शनिबार बिहान १० बजे निधन भएको थियो । उहाँका दुई छोरा र तीन छोरी हुनुहुन्छ ।
दुई वर्षअघि उहाँका श्रीमती र एक छोराको निधन भएको थियो । उहाँ वि.स. २०२५, २०३० र २०३४ साल गरेर तीनपटकसम्म प्रधानमन्त्री बन्नु भएको थियो । उहाँको जन्म वि.स. १९८३ साल माघ २ गते काठमाडौंमै भएको थियो ।
पञ्चायतकालका सक्रिय राजनीतिज्ञ बिष्ट २०४६ सालको जनआन्दोलनपछि निष्क्रिय जस्तै हुनुहुन्थ्यो । तर उहाँ पूर्व राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएका बेला मन्त्रिपरिषदको उपाध्यक्ष हुनुहुन्थ्यो ।