बकैया गाउँपालिकामा आज नेकपा एमाले तथा माओवादी केन्द्रको संयुक्त भेला सम्पन्न

छहारी संवाददाता
कार्तिक २३, २०७४

मकवानपुर जिल्ला प्रतिनिधि सभा १ को प्रदेश सभा क को बकैया गाउँपालिकामा आज नेकपा एमाले तथा माओवादी केन्द्रको संयुक्त भेला भएको छ ।
प्रतिनिधि सभा मकवानपुर क्षेत्र न १ को संयुक्त बाम उम्मेदवार कृष्ण प्रसाद दाहालको प्रमुख आतिथ्यता तथा माओवादी केन्द्रका मकवानपुर सयोजक तथा प्रदेससभा १ का उम्मेद्बार प्रेमबहादुर पुलामी छिन्तुको विशेष आतिथ्ययतामा कार्यक्रम भएको हो ।
बाम तालमेल सहित भएको यो पहिलो भेला हो । भेलामा बोल्दै प्रमुख अतिथी दाहालले नेपालको विकासको योजना काङ्रेसी र राजवादिहरुले हलो अड्काय झै अड्काएर बसेकोले नेपालमा भ्रस्टाचार र गरिबी नहटेको बताउनु भयो ।
आफू अनुकुल नहुदा कम्युनिस्ट लाई अधिनायकवाद लाद्न खोजेको आरोप लगाउने लोकतन्त्रको घाँटी काट्ने प्रयत्न गर्दै नाकाबन्दि लगायर नेपाली जनतालाइ भारत सामु झुक्न लगाउने सम्मको प्रयास गरेका झुटको खेती गर्नेहरु नै अहिले आत्तिएका भन्दै जनताले तिनको भ्रम भन्डाफोर गर्नु पर्ने बताउनु भयो ।
नीति र योजना सहित समृद्ध मुलुक समृद्ध बन्छ भन्दै उहाँले भन्नुभयो – "३ लाख को बजेट ४० करोड पुग्यो । यो कुनै काग्रेसी ले ल्यायको होइन । आज खर्वको हौवा फैलाउने ठेकेदारहरुले विकास होइन भ्रष्टाचार गरेका छ्न तिनै पैसाले आज जनमत किन्न खोज्दैछ्न ।"
एमाले र माओवादिको यो अभियान लोकतन्त्र र समृद्धिको लागि हो भन्दै उहाले अब देश द्रुत गतिमा विकास तर्फ अघि बढ्ने बताउनुभयो ।
त्यस्तै विशेष अतिथी प्रदेश सभा क का उम्मेदवार प्रेम बहादुर पुलामी छिन्तुले नेपालमा अब कम्युनिस्टको झन्डा गाड्न सफल हुने बताउनसभयो । नेपालमा सर्वहारा बर्गको नेतृत्व स्थापित गर्न र रास्ट्रमा गरिविको अन्त्य गर्दै समृद्ध लोकतान्त्रि नेपाल बनाउन पनि कम्युनिस्ट को जित आवस्यक रहेको उहाँको भनाई थियो । बिकासको हावादारी हौवा फिजायर सामन्तिहरुले जनतालाइ झुक्याइरहेका भन्दै उहँँले भिजन र योजना मार्फत समृद्ध मकवानपुर सहित समृद्ध नेपाल बनाउनृ दाबी गर्नुभयो ।
यस्तै संयुक्त भेलामा संयुक्त बामपन्थिको तर्फबाट जिल्ला स्तरिय नेता हरु रामचन्द्र राइ, बद्री लम्साल, भिम पाख्रीन, कमानसिंह पाख्रीन,कमल बिस्ट, अनिल बानिया,लोकनाथ गौतम,बेलप्रसाद दाहाल, अखिल क्रान्तिकारिका केन्द्रीय उपाध्यक्ष बिजय गौतम, जीवन गोले, पद्मा पौडेल लगायतले बाम गठ्बन्धनले बहुमत ले जित्ने दावी गर्दै कार्यकर्ता लाई उच्चस्तरमा जनतामा जान र काङ्ग्रेसि र राजावादिले छरेका भ्रम चिर्न आग्रह गरेका थिय ।
बकैया गाउँपालिका माओवादी केन्द्र सम्योजक लक्ष्मि पाख्रीन तथा एमाले सम्योजक पद्मा पौडेल को सम्युक्त अध्यक्षता बकैयाको हात्तिसुडे मा भेला भएको हो । भेलाले लोकनाथ गौतम सम्योजक तथा कृस्न प्रसाद चौलागाईं को सह सम्योजकत्वमा ९ सय ९९ सदस्यीय प्रचारप्रसार समिती समेत चयन गर्दै चुनावी एजेन्डा तथा नीति कार्यक्रम तय गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*