लोकतान्त्रिक गठबन्धनको ३ स्थानमा प्रचार कार्यालय स्थापना
लोकतान्त्रिक गठबन्धनको मकवानपुर क्षेत्र नम्बर २ को ३ स्थानमा प्रचार कार्यालय स्थापना भएको छ ।
गठबन्धनमा आवद्ध नेपाली कांग्रेस र राप्रपाको ३ स्थानमा संयुक्त प्रचार कार्यालय स्थापना भएको हो । मनहरी–६ सुनाचुरी भुलभुले, मनहरी–८ सिमपानी र मनहरी–९ ज्यामिरेमा संयुक्त प्रचार कार्यालय उद्घाटन गरेको प्रवक्ता प्रदिप कोइरालाले बताए । कार्यक्रममा नेपाली कांग्रेस र राप्रपाका स्थानीय, क्षेत्रीय एवं जिल्ला तहका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।